Sunday, December 7, 2008

सञ्चालन हुने भए हेटौंडा कपडा र कृषि औजार

विज्ञान अधिकारी/नयाँ पत्रिका
काठमाडौं, २१ मंसिर

2008-12-07,Sunday


सरकारले हेटौंडा कपडा उद्योग र कृषि औजार कारखाना चाँडै सञ्चालनमा ल्याउने भएको छ । बजेटमा यसै आर्थिक वर्षभित्र सरकारले यी दुई कारखाना सञ्चालनमा ल्याउने उल्लेख गरेको थियो ।

यी दुई उद्योग सञ्चालन सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलको स्थलगत निरीक्षणपछि चाँडै सञ्चालनमा ल्याउन सकिने निष्कर्ष समेत निकालिएको छ । सरकारले हेटौंडा कपडा उद्योगका लागि अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखा प्रमुख एवं सहसचिव तेजराज शाक्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो भने कृषि औजारको अध्ययन कार्यदलमा अर्थ मन्त्रालयका अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव शंकर अधिकारी रहेका थिए ।

यी दुई उद्योग स्थलगत अध्ययनपछि कार्यदलले छिट्टै सरकारलाई आफ्नो प्रतिवेदनसमेत पेस गर्दैछ । 'हाम्रो स्थलगत अध्ययनपछि यी दुवै उद्योग छिट्टै सञ्चालन गर्न सकिने देखिएको छ', संस्थान समन्वय महाशाखा प्रमुख शाक्यले भने, 'यी दुईवटै उद्योगमा आवश्यक पूर्वाधार पर्याप्त छ ।'

उनका अनुसार, स्थलगत निरीक्षणपछि सरसफाइका लागि समेत खटाइसकेको छ । हेटांैडा कपडा र कृषि औजारको कच्चा पदार्थ तथा मेसिनरीसमेत रहेको छ । शाक्यले दुवै उद्योगमा सरकारले केही चालू पुँजी दिन सके सञ्चालनमा ल्याउन कुनै कठिनाइ नरहेको दाबी गरे । यी दुवै उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइने भएको छ । सरकारले चालू आर्थिक वर्षमा यी दुवै उद्योग सञ्चालनमा ल्याएर सेयर कर्मचारी/जनतामा जारी गर्ने बजेटमा उल्लेख गरेको थियो ।

उनले उद्योग सञ्चालनका लागि आवश्यक पुँजीबारे भने ठोस निष्कर्ष नआएको जानकारी दिए । स्थलगत भ्रमण समयमा पूर्वकर्मचारीसँग छलफल भएको शाक्यले बताए । 'पूर्वकर्मचारी समेत उद्योग सञ्चालन हुनुपर्ने पक्षमा रहेको पाएका छौं', उनले भने । श्रम विवाद र राजनीतिक हस्तक्षेपले धराशयी यी दुवै उद्योग हाल बन्द छन् । विगत सरकारले हेटौंडा कपडा उद्योग लिक्विडेसनमा लैजान आह्वान गरे पनि कुनै प्रस्ताव परेको थिएन । हेटौंडा कपडा उद्योग २०५७ मा बन्द भएको हो भने कृषि औजार कारखाना २०५७ मा बन्द भएको थियो ।
अर्थ मन्त्रालयका अनुसार, हेटौंडा कपडा उद्योग कर्मचारीलाई तिर्नुपर्ने कुनै बक्यौता छैन । तर, कृषि औजार कारखानका केही कर्मचारीले भने तलबभत्ताबारे अदालतमा हालेको मुद्दा विचाराधीन अवस्थामा छ ।

शाक्यले हेटौंडा कपडा उद्योग सञ्चालन गरी व्यावसायिक रुपमा अगाडि बढाउन सकिने आधार रहेको बताए । सरकारले हेटौंडा उद्योगले सेना- प्रहरीका लागि आवश्यक कपडा उत्पादन गर्ने जनाएको छ । त्यस्तै, कृषि औजारमा समेत भौतिक पूर्वाधार तथा कच्चा पदार्थ बाँकी छ । दुवै उद्योग सञ्चालनका लागि व्यवस्थापन समिति गठन गरिने भएको छ । प्रमुख प्रशासक नियुक्तिपछि उद्योग सञ्चालन आधार तय हुने बताइएको छ ।

वीरगन्ज चिनी समस्यामा

वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याउन कठिन देखिएको छ । स्थलगत अध्ययनअनुसार, वीरगन्ज चिनी उत्पादन क्षमताअनुसार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकिने देखिएको छ ।
सो कारखानाको क्षमता १५ हजार क्विन्टल उखु मात्र क्रसिङ गर्ने छ । तर, अहिले निजी क्षेत्रका ४० हजार क्विन्टल उखु क्रसिङ क्षमताका कारखाना रहेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार, यो उद्योगलाई चालू आर्थिक वर्षमा सञ्चालन ल्याउन सकिने अवस्था कम छ । स्रोतका अनुसार, गुणस्तर र उत्पादकत्वमा प्रतिस्पर्धा गर्न कठिन हुने पाइएको छ ।

उद्योग सञ्चालन गर्न सकिने/नसकिने विषयमा प्राविधिकले सूक्ष्म विश्लेषण गर्ने भएका छन् । पर्सामा रहेको सो उद्योग उखु अभावले समेत सञ्चालन ल्याउन कठिन भएको स्रोतको भनाइ छ । उखु खेती सर्लाही, रौतहट र बारामा बढी हुने गर्छ । तर, यी सबै जिल्लामा निजी स्तरका चिनी मिल उद्योग रहेका छन् । यी क्षेत्रमा उत्पादित उखु जिल्लामै खपत हुने भएकाले समेत उखु अभाव हुने देखिएको छ ।

बजारमा सामान्य सुधार पुरानो अंक - सञ्चालन हुने भए हेटौंडा कपडा र कृषि औजार - बेरोजगारी संख्या १५ वर्षमै उच्च - वाणिज्य बैंक आधुनिक बैंकिङतर्फ

नयाँ पत्रिका
काठमाडौं, २१ मंसिर

2008-12-07,Sunday


लगातार ओरालो लागेको पुँजी बजारले यो साता भने केही सकारात्मक गति लिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.२० अंक उक्लिएर ७५४.९१ अंकमा पुगेको छ ।
७८ कम्पनीको चार हजार ५० वटा सेयर कारोबार भएको छ । कुल ४४ करोड २५ लाख १९ हजार रुपैयाँको चार लाख ४९ हजार १ सय ३ कित्ता सेयर कारोबार भए । गत आइतबारदेखि बिहीबारसम्ममा अघिल्लो साताको सोही अवधिको तुलनामा २५.२९ प्रतिशत कारोबार रकममा वृद्धि भएको छ ।

कुल कारोबारमध्ये क वर्गका कम्पनीहरूको ३४ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । सो रकम नेप्सेमा कारोबार भएका सबै कम्पनीको तुलनामा ७७.३० प्रतिशत हो । कारोबार रकमका हिसाबमा सबैभन्दा बढी बैंक अफ काठमाण्डुको सेयर खरिद बिक्री भएका छन् । सो कम्पनीको ८ करोड ८४ लाख रुपैयाँ बराबरको ४३ हजार किक्ता सेयर खरिद बिक्री भएका हुन् । संख्याको हिसाबमा भने अग्रपंक्तिमा प्रभु फाइनान्स रहेको छ । प्रभुको ४ सय २१ वटा कारोबार भएको हो ।

कारोबार रकमका हिसावले बैंक अफ काठमाण्डु, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि छन् । यो साता नारायणी फाइनान्स, अन्नपूर्ण विकास बैंक, इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएका छन् भने डिप्रोक्स विकास बैंकको बोनस सेयर पनि सूचीकृत भएको छ ।

बेरोजगारी संख्या १५ वर्षमै उच्च पुरानो अंक - सञ्चालन हुने भए हेटौंडा कपडा र कृषि औजार - बजारमा सामान्य सुधार - वाणिज्य बैंक आधुनिक बैंकिङतर्फ

अमेरिका/ संयुक्त राज्य अमेरिकामा नोभेम्बर महिनासम्म बेरोजगारी संख्या बढेर ६.७ प्रतिशत पुगेको छ । यो विगत १५ वर्षकै सबैभन्दा उच्च भएको र सन् १९७४ पछि पाँच लाख ३३ हजारले जागिर गुमाएको श्रम विभागले जनाएको छ ।
यो वर्ष पनि हरेक महिना कामदारले रोजगारी गुमाएका छन् । सेप्टेम्बर र अक्टोबरमा सबैभन्दा बढीले रोजगारी गुमाएको विभागले जनाएको छ । सेप्टेम्बरमा मात्र चार लाख तीन हजारले रोजगारी गुमाएको बताइएको छ । यस अघि दुई लाख ८४ हजारले रोजगारी गुमाउन सक्ने बताइएको थियो । त्यस्तै, अक्टोबर महिनामा दुई लाख ४० हजारमात्र रोजगारी कटौती हुने अपेक्षा गरिएको भए पनि तीन २० हजारले रोजगारी गुमाएको थिए ।
डिसेम्बर २००७ देखि रोजगारी कटौती सुरु भएयता मात्र १९ लाखले रोजगारी गुमाएको राष्ट्रिय आर्थिक अनुसन्धान विभागले जनाएको छ । रोजगारी गुमाउनेमध्ये विगत तीन महिनामा दुई तिहाईभन्दा बढी रहेको विभागले जनाएको छ ।

नेभेम्बरमा बेरोजगारी दर ६.७ प्रतिशत पुगेको थियो भने अक्टोबरमा ६. ५ प्रतिशत थियो जुन २००१ पछिकै उच्च हो । सन् २००३ को जुन महिनामा बेरोजगारी दर ६.३ प्रतिशत पुगेको थियो । अर्थशास्त्रीहरूले ६.८ प्रतिशतसम्म पुग्नसक्ने अनुमान गरेका छन् । त्यस्तै, नोभेम्बरमा तीन लाख २० हजारको रोजगारी छिनिने अनुमान गरेका थिए । गत महिना मुख्य औद्योगिक क्षेत्रबाट व्यापक मात्रामा रोजगारी कटौती भएको थियो ।
कारखानाले मात्र ८५ हजार रोजगारी कटौती गरेका थिए । निर्माण कम्पनीहरूले ८२ हजार रोजगारी कटौती गरेका थिए । साना व्यवसायीले ९१ हजार रोजगारी कटौती गरेका थिए । त्यस्तै, व्यावसायिक र व्यापारिक सेवा एक लाख एक हजारले रोजगारी गुमाएको बताइएको छ । त्यस्तै, ३२ हजार आर्थिक अभियन्ता र ७६ हजार पार्टटाइम कामदारले रोजगारी गुमाएको बताइएको छ । तर, स्वास्थ्य सेवामा भने ३४ हजार नयाँ रोजगारी थपिएको छ । श्रम विभागद्वारा जारी तथ्याङ्कले सम्पूर्ण अर्थतन्त्र संकटमा रहेको देखाएको छ ।

Wednesday, November 19, 2008

यसरी फैलियो निहिताको तातो हावा



शुक्रवार प्रकाशित समाचार!!!

तीन दिनदेखी उपत्यका निहिताको तातो हावाले बाफिएको छ । नयां सरकार बन्न सकेको छैन । तीन दल सहमतिका पुग्न सकेका छैनन । संसद अवरुद्धकोक्रम अझै रोकिएको छैन । तर अहिले यि सबै फल्प भएका छन निहिताको अगाडि । प्रचण्डले नयां के तिर हान्ने हुन भन्दा पनि ६४ वर्षिय अन्तराष्ट्रिय अपराधि चाल्श शोभराजकी २० वर्षिय यि नवयौवनाको बारेमा के रहस्योद्घाटन हुने हो सबैको चासो नै यसैमा छ ।
तीन दिन अगाडि शुक्रवार नयां पत्रिका मार्फत नेपालमा यो तातो हावाको प्रवेश भएको थियो । फाट्टफुट्ट रुपमा इन्टरनेटको संसारमा विहिवार दिउसवाट नै यो हावाले विचरण गरेपनि यसले तातो हावाको रुप भने लिन पाएको थिएन । तर जव नेपाली मिडियामा प्रमुखताका साथ प्रथमपृष्ठमा यि नव यौवना र शोभराजको जेलमा मौलाएको प्रेम लिलाको खवर छापिएको एकाएक गुमना निहिता विश्वास सेलिव्रेटी बन्न पुगिन ।

शनिवार उनको तस्विर प्रकाशित भयो । शनिवार बेलुका नै उनी नेपाली मिडियाकर्मीहरुका माझमा प्रस्तुत भइन । नयां पत्रिकाले पछ्याइरहेको उनी अब सबै नेपाली मिडियामा छाउन सफल भइन । आइतवार प्राय सबै पत्रिकामा उनको तस्विर छापिएको देखिनथ्यो ।
उनको शिक्षा उनले दावी गर्दै आएकी उमेर र उनको बोलाइ हेर्दा विश्वास गर्न गार्हो बनायो । उनको शुन्दरताले त युवाहरुलाई मोहित नै बनायो । थुक्क म पनि सेन्ट्रल जेलमा भएको भए युवाहरुको गफमा अहिले यस्तै शब्द सुन्न थालिएको छ ।



प्रारभ्मा जव समाचार सुनियो आश्चर्य लाग्नु स्वभावीक नै हो । उमेरको फरकपन जेलमा रहेका ब्यक्ति र बाहिरी संसारमा रमेकी युवतिविचको प्रेमलिला अनी त्यसमा पनि विकिनी किलरको उपनाम पाएका अन्तराष्ट्रिय अपराधीकी प्रेमिका यत्तिनै काफि थियो निहितालाई संचारकर्मीले पछ्याउनुमा ।

तर अचम्मतालले नेपालका धेरै संचारमाध्ययमले यसलाई त्यत्ति महत्व दिएनन । शुक्रवार सबैभन्दा पहिला निहितालाइ नै कोड गर्दै इकोनोमिक्स टाइम्सले समाचार प्रकाशित गर्दापनि प्रायहरु हावा समाचारको रुपमा यसको विष्लेशणमा मग्न भए न कि सत्यको खोजी गर्न ।

भाग्यवस मैले डायल गरेको नम्बर उठ्यो सेलफोन थियो कारागार व्यवस्था विभागका महानिर्देशक स्थानेश्वर देवकोटाको । उनले प्रारम्भमा केही आनाकानी गरे । तर शोभराजको प्रेमलिलाको पुष्टी भने गरे । जेलको फलामे बार भित्र बसेका शोभराज र बाहिर उभ्भिएकी निहिताको उत्तेजक टङ्गकिसको प्रशंग सुनाए उनले । समाचार पुष्टीका लागि यत्ति भए काफि भयो ।

जेलमा रहेका केही विश्वस्त सम्पर्क सुत्रहरुलाई फोन गरे । उनीहरुले समेत समाचारको पुष्टी गरे । तर इन्गेजमेन्ट नै भएको हो भन्ने तथ्यको भने पुष्टी गर्न अलि कठिन भयो । शोभराजले जेलमा रहेका केहीलाइ यो विषयमा कुरा गरिसकेका रहेछन । उनीले शोभराजको गफ सुनाए । समाचारको पुष्टी भयो र नयां पत्रिकाको प्रथम पृष्ठमा लेखियो शोभराजको जेलभित्रको प्रेमलिलाको समाचार ।



साच्चि हो र विहान ७ वजे साथिहरुको आशंकाले भरिएको फोन आउनथाल्यो । हो किन हैन यार विश्वस्त बनाउने प्रयास गरे । आशंका कायमै थियो । हो र केही समयमै अन्य पत्रकारसाथिहरुको फोन आयो जसमा पनि उही आशंका मिसिएको थियो । अंग्रेजी पत्रिका दि हिमालयनटाइम्सले पनि समाचार त हालेछ तर एजेन्सीले जस्तो हाल्यो त्यस्तै ।
केही समयपछि नै भारतीय संचारमाध्यममा अपरीचित संचारकर्मीहरुको फोन आउनेक्रम बढ्यो । ‘केटीको लोकेशन कता हो ? समाचारको स्रोत के हो ? उनको फोटो देउन’ आदी इत्यादी यस्तै आग्रह गर्थे उनीहरु । मसंग जेजत्ति भन्न मिल्ने स्रोत थिए ति भनिदिन्थे । तैपनि उनीहरु पटक पटक फोन गरेर हैरान पार्थे ।

करिव ११ वजे आजतकका एक जना मित्रले फोन गरेर आग्रह गरे फोटो र लोकेशन बताउन । उनलाइ मैले दिनसक्नेसम्मको जानकारी दिए । उनले पनि मलाइ सहयोग गरेर उनले फेला पारेको निहिताको मोवाइल नम्बर दिएर ।
अब काम शुरु भयो मोवाइलमा फोन गर्ने । ९८४१९२…॥ दिनभर डायल गर्दागर्दा हात थाक्यो । कहिले व्यस्त हुन्थ्यो कहिले उठ्दै उठ्दैनथ्यो । म्यासेज पठाए रेस्पोन्स हुन्छ कि भनेर म्यासेज समेत गरे । तर रेस्पोन्स भएन ।

ल अव समाचारको पुष्टी त गर्नैपर् यो । बेलुकातिर जेलमा रहेका स्रोतलाइ फोन गरे । शुक्रवार आइनन रे शनिवार आउनसक्छीन । आइन भने चिनाइदिने आश्वासन पाए । तर शनिवार छापिनेगरी कुनै न कुनै नयां तथ्यका साथ समाचार त लेख्नैपर्यो । उनको लोकेशन पत्ता लागेन । तर फोटो पाउने सम्भावना बढ्दै गयो । खोजी शुरु भयो उनको फोटोको ।
बेलुका नौ वजेतिर पत्ता लाग्यो फोटो कसकोमा छ भन्ने । बढो आग्रह गरियो अनी उनी समेत राजि भए फोटो दिनका लागि । फोटो पाइयो । तर के उनै हुन न नेहता । फोटो दिने स्रोतलाइ पुन फोन गरेर कन्र्फम गरे । हो भन्ने पक्का भयो ।

समाचारको थप पुष्टीका लागि के गर्ने शोभराजसंग भेट्ने प्रयास गरियो । तर उनले भेट्न मानेनन । विहिवार पिटिआइका नेपाल प्रतिनिधिले उनलाई भेटेका रहेछन । उनै पत्रकारलाइ समाचारको स्रोत बनाएर शोभराजले निहिताको बारेमा ब्यक्त गरेका भावना सहित उनको फोटो सहित समाचार छापियो यिनै हुन शोभराजकी प्रेमिका शिर्षकमा । निहिताको रन्कोमा ब्लग समेत अपडेट गर्न सकिएन ।
Chalse sovaraj

तराईमा अपराध, राजनीति र िहंसा

तराइमा सशस्त्र संघर्षको नाममा आतंक मच्याएका समुहसंग सरकार अहिले वार्ताको ढोका खोलेर बसेको छ । जगजाहेर छ तराइमा कि्रयशिल देखिएका सबै समुह राजनीतिक हैनन आपराधिक पनि छन । तर सरकारले अहिले त्यसमा चासो देखाएको छैन । पत्रकार तथा राजनीतिक विष्लेशकक चन्दं किशोर तराईमा अहिले जुन आतंक छाएको छ त्यसमा राजनीतिक भन्दा पनि आपराधीक समुहको प्रमुख हात रहेको निष्कर्ष निकाल्छन । उनको निष्कर्ष छ-आपराधिक समुहले समेत राजनीतिक मागको आडमा आतंकको बलमा आफ्नो धन्दा चलाइरहेको छ । उनै चन्द्र किशोरको विचार प्रस्तुत छ ।